भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन्।
हतुवागढी ९ मचुवाटारका दुई बालिका अरूण नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
बेपत्ता हुनेमा १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई छन्। उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएपछि नफर्किएका आफन्तले बताएका छन्।
खुसी र कृषिका कक्षा ८ मा पढ्ने विद्यार्थी हुन्। आफन्त, स्थानीय र सुरक्षाकर्मीले बुधबार साँझदेखि नै उनीहरुको खोजी गरिरहेका छन्।