भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फिर्तासँगै समकक्षी मोदीलाई धन्यवाद

भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन्द्र  शाह- बालेन स्वदेश फर्किएका छन् ।

उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका प्रधानमन्त्री शाह हिजो त्यसतर्फ गएका थिए ।

नेपाली प्रतिनिधिमण्डलको टोलीसहित भारत गएका उनको यो पहिलो औपचारिक भ्रमण हो ।

स्वदेश फर्केसँगै भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् ।