धेरै टाढाबाट आएको ‘फास्ट रेडियो बर्स्ट’ को रहस्य खुल्यो

खगोलविद्हरूले हाम्रो आकाशगङ्गा भन्दा धेरै टाढाबाट आएको “फास्ट रेडियो बर्स्ट” एफआरबी (एफआरबी) भनेर विश्वास गरेका एउटा शक्तिशाली र रहस्यमय रेडियो तरंगको विस्फोट अन्तत: नासाको पुरानो, निष्क्रिय उपग्रह रिले२ बाट आएको संकेत भएको पुष्टि भएको छ।

यस “एफआरबी जस्तो” संकेतको प्रारम्भिक पत्ता लागाइ २०२४ जुनमा अस्ट्रेलियन स्क्वायर किलोमिटर एरे पाथफाइन्डर (एएसकेएपी) टेलिस्कोपले गरेको थियो।

यसको उल्लेखनीय पक्ष भनेको, यो रेडियो संकेत केवल ३० न्यानोसेकेन्ड ९३० अर्बौं भागको एक सेकेन्ड० सम्म मात्र टिकेको थियो, जुन अधिकांश एफआरबी हरूभन्दा निकै छोटो हो। यति छोटो भए पनि, यसले आकाशका अन्य सबै संकेतहरू दबाएको थियो।

“हामी टाढा टाढाका ग्यालेक्सीहरूबाट आउने एफआरबी खोज्दै थियौं, र यसै क्रममा यो रोचक संकेत भेटिएको हो,” स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीका खगोल भौतिकशास्त्री एन्डम डेलरले भने।

“एफआरबी हरू करिब २० वर्षदेखि थाहा पाइएको भए पनि, हामी अझै थाहा पाएका छैनौं कि ती उत्पत्ति कहाँबाट हुन्छन्। धेरै सम्भावित सिद्धान्तहरूमा ‘म्याग्नेटार’—एक अत्यधिक चुम्बकीय न्युट्रोन तारा—को भूमिका देखिन्छ।”

रिले २ उपग्रह १९६४ मा नासा को रिले कार्यक्रम अन्तर्गत प्रक्षेपण गरिएको थियो। मध्यम पृथ्वी कक्षमा बसेको यो उपग्रह १९६५ सम्म सञ्चालनमा थियो र १९६७ सम्ममा यसको सबै प्रणालीहरू निष्क्रिय भइसकेका स्पेस डटकमले उल्लेख गरेको छ।

“यो उपग्रह अन्तरिक्ष इतिहासको हिस्सा हो—सञ्चार उपग्रहहरूको प्रारम्भिक पुस्ताको एक सदस्य,” कर्टिन युनिभर्सिटीको इन्स्टिच्युट अफ रेडियो एस्ट्रोनोमीका क्लान्सी डब्ल्यु . जेम्सले भने। “तर हामी विश्वस्त छौं कि यो कुनै सक्रिय प्रसारण थिएन। रिले २ को कुनै प्रणालीले यस्तो न्यानोसेकेन्डको रेडियो सिग्नल निकाल्न सक्दैन।”

संकेत पत्ता लागेको समयमा रिले २ पृथ्वीबाट करिब ४,५०० किलोमिटर टाढा रहेको थियो। जब कि वास्तविक एफआरबी हरू ९.१ अर्ब प्रकाशवर्ष टाढा हुने मानिन्छन्। हाम्रो आकाशगङ्गाभित्र पत्ता लागेको एक मात्र एफआरबी पनि करिब ३०,००० प्रकाशवर्ष टाढा छ।

“हाम्रो टेलिस्कोपलाई यो संकेत अत्यन्त उज्यालो देखिएको थियो, तर त्यो टाढाको नभई धेरै नजिकको भएकाले हो,” जेम्सले बताए। “हामीले यसलाई चित्रमा देखाउन खोज्दा धमिलो आयो—यसले पनि देखाउँछ कि यो वस्तु टेलिस्कोपसँग निकै नजिक थियो। त्यसैले, कुनै खगोलीय वस्तु होइन। अफसोस।”

तर सबै खगोलविद्हरू निराश थिएनन्। एडिनबरा विश्वविद्यालयका खगोलशास्त्री मर्सिन ग्लोवाकी भने उत्साहित थिए।

“यो संकेत पत्ता लगाउनु एकदम रमाइलो पजल जस्तै थियो, किनभने यो सामान्य खगोलीय स्रोतको तुलनामा धेरै नजिकको थियो,” उनले भने। “एएसकेएपीले यति नजिकको वस्तुबाट आएको संकेत मापन गर्न हामीलाई विशेष तरिका अपनाउनु पर्यो। यो ठ्याक्कै मोबाइल क्यामेराले नजिकको वस्तुमा फोकस गर्न गाह्रो परेजस्तै हो।”

ग्लोवाकीका अनुसार, यस्तो नजिकको मानव निर्मित वस्तुको संकेतलाई कसरी एफआरबी जस्तो लाग्न सक्यो भन्नेमा पनि चासो छ।

“यो एकदम उज्यालो रेडियो संकेत थियो, जुन हामीले एकपटक मात्रै देख्यौं—जस्तै धेरै एफआरबी हरू एकैपटक देखिन्छन्,” उनले भने। “तर यो संकेत कुनै पनि ज्ञात एफआरबी भन्दा अझ छोटो अवधिको थियो। अधिकांश एफआरबी केही माइक्रोसेकेन्डदेखि मिलिसेकेन्डसम्म टिक्छन्, तर यो केवल केही न्यानोसेकेन्ड थियो।”

“सौभाग्यवश, एएसकेएपीले त्यो समय रिले २ रहेको आकाशको भाग हेरेको थियो, जसले हामीलाई अनुसन्धान गर्न र स्रोत पहिचान गर्न मौका दियो।”

त्यसैले, सुरुवाती निराशा भए पनि, यो घटना एक दुर्लभ तर महत्वपूर्ण मौका थियो। अझ रोचक कुरा त के भने—रिले २ जस्तो निष्क्रिय उपकरणले कसरी यस्तो संकेत निकाल्न सक्यो भन्ने कुरा अझै स्पष्ट छैन, र त्यो नयाँ रहस्यको ढोका खोल्दछ।