इजरायलसँग व्यापार बन्द गर्न संयुक्त राष्ट्रसंघको आगह

  • Clock icon
    २०८२ असार २०, शुक्रबार ०७:००

संयुक्त राष्ट्र संघका विज्ञ फ्रान्सेस्का अल्बानिजले दर्जनौँ बहुराष्ट्रिय कम्पनीलाई इजरायलसँग व्यापार गर्न बन्द गर्न आग्रह गरेका छन्।

सँगसँगै उनले चेतावनी दिएकी छन्, ‘व्यापार जारी राखे गाजा र कब्जा गरिएको वेस्ट बैंकमा जारी युद्ध अपराधमा संलग्न मानिनेछ।’

फ्रान्सेस्का अल्बानिजले संयुक्त राष्ट्र मानव अधिकार परिषद्‌मा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै यसलाई नरसंहारको अर्थतन्त्र भनेको बीबीसीले जनाएको छ ।

उनले भनिन्, ‘हमाससँग चलिरहेको द्वन्द्वलाई परीक्षण स्थलका रूपमा प्रयोग गरिँदै छ, जहाँ कुनै जवाफदेहिता वा अनुगमन छैन।’

इजरायलले भने उनको प्रतिवेदनलाई निराधार भनेर अस्वीकार गरेको छ र यसलाई इतिहासको रद्दीको टोकरीमा फ्याँकिनेु बताएको छ।

मानव अधिकारसँग सम्बन्धित मामिलामा सल्लाह दिन संयुक्त राष्ट्र संघले नै नियुक्ति गर्ने भए पनि संयुक्त राष्ट्र संघका विज्ञ स्वतन्त्र हुन्छन्।

 

  • Clock icon
    २०८२ असार २०, शुक्रबार ०७:००