प्रधानमन्त्री र दुईजना मन्त्रीहरु हेलिकोप्टरमा रसुवागढी

  • Clock icon
    २०८२ असार २४, मंगलवार १५:०१

भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री र मन्त्रीहरु रसुवा जान लाग्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल त्यता जाने तयारी छ ।

प्रधानमन्त्री ओली सुरक्षा निकायका प्रमुखहरुसँग एउटा हेलिकोप्टरमा र गृहमन्त्री लेखक अर्थमन्त्री पौडेलसहितको टोली अर्को हेलिकोप्टरमा त्यता जाने बताइएको छ ।

राति आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, भन्सार कार्यालय परिसर, रसुवागडी हाइड्रोपावरलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । बाढीमा परेका १८ जना अझै बेपत्ता छन् ।

  • Clock icon
    २०८२ असार २४, मंगलवार १५:०१