रसुवामा बाढीमा परेर बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनमा फेला परेको छ।
मंगलबार साँझ ६ः२० बजे चितवानको भरतपुर महानगरपालिका २९ पन्ध्रकिलोस्थित त्रिशुलि नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शवको दाहीने खुट्टा घुँडामा चुडिएको थियो। शरीरका सबै कपडा नभए पनि देब्रेखुट्टामा प्रहरीको बुट थियो। सोही आधारमा सनाखत गरिएको हो ।
शव निकालेर चितवन प्रहरीले फोटो रसुवा प्रहरीलाई पठाएको थियो। त्यहाँ रहेका श्रेष्ठका आफन्तले सनाखत गरेका थिए।
रसुवाको प्रहरी चौकी हाकु दरबन्दी भएका श्रेष्ठ इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।
४२ वर्षीय श्रेष्ठको घर रामेछापको लिखु तामाकोसी गाउँपालिका ४ हो।