आज कुनै स्थानमा ‘भारी वर्षा’ कतै हुरी र हिमाली भेगमा हिमपात हुने

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार

आज साउन २ गते शुक्रबार पनि देशभर विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम पूर्वानुुमान महाशाखाले गरेको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिनमा : कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

आज रातमा : कोसी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षार हिमपातको सम्भावना छ।

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार