गएराति पर्वतमा पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता भएका छन्। घटनामा उनीहरूकी बुहारीले भने भागेर ज्यान जोगाएकी छन्।
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति आएको पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएकी जिल्ल प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
रातिको घटना भए पनि आज बिहान मात्रै प्रहरीलाई जानकारी पुगेको हो ।
बाढी पहिरोको कारण घटनास्थलसम्म पुग्ने सडक अवरुद्ध भएकाले अहिले प्रहरी पैदलै घटनास्थलतिर जाँदैछ। घटनास्थलमा पुग्न प्रहरी कार्यालयदेखि झण्डै तीन घण्टा लाग्छ ।
स्थानीयवासी र जनप्रतिनिधिले घटनास्थलमा पुगेर बेपत्ता दम्पतीको खोजी कार्य सुरु गरेका छन्।