जातीय विभेद कुनै पनि हालतमा स्वीकार्य छैन : खगेन्द्र सुनार
काठमाडौं । आज काठमाडौंको माइतीघरमा जातीय विभेद उन्मूलन दिवसको अवसरमा ध्यानाकर्षण सभा गरिएको छ । ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शनिबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले उक्त ध्यानाकर्षण सभाको आयोजना गरेको हो । सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जातीय विभेद कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् […]