गरिमा रोड रेस २०८२ सफल, स्वास्थ्य र उत्साहको पर्व
“स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको गरिमा रोड रेस २०८२ आज मंसिर ६ गते शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। १८औं वार्षिकोत्सवदेखि सुरु भएको यो रोड रेसको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी महिला र पुरुषका लागि कुल ६ प्रतियोगिता आयोजना गरिएको थियो। […]