सरकारले ९ वर्षे ‘ग’ विकास ऋणपत्र जारी, १० अर्ब रुपैयाँ उठाउने तयारी
काठमाडाैं, १८ भदाै । सरकारले ९ वर्षे अवधि भएको विकास ऋणपत्र–२०९१ ‘ग’ जारी गर्दै १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋणपत्र भदौ १८ गते बुधबार दिउँसो ३ बजेसम्म बोलकबोल प्रणालीमार्फत खरिद गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्था, व्यक्ति, संस्था वा कम्पनीहरूले अनलाइनमार्फत बोलकबोलमा भाग लिन सक्नेछन्। […]