मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारले नेपालको अर्थतन्त्रमा उच्च योगदान पुर्याइरहेको मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नु पर्ने बताएका छन । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार नेपाल मोबाइल व्यवसायी महासंघको चौंथो साधारणसभालाई उद्घाटन गर्दै काफ्लेले देशको राजश्वमा महत्त्वपूर्ण योगदान दिएको मोबाइल व्यवसायलाई कानुनी झन्झट्पुर्ण अवस्थाबाट मुक्त गरिनु पर्ने बताएका हुन। […]