उड्ने कार देख्दा अटो शोमा भीड
‘नाडा अटो शो २०२५’ को पहिलो दिनै काठमाडौंको भृकुटीमण्डपमा सर्वसाधारणको ध्यान आकर्षित गर्ने प्रमुख प्रर्दशन बनेको छ उड्ने कार। प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहबीच सार्वजनिक गरेको यो कार नेपालमा पहिलो पटक प्रत्यक्ष अवलोकन गर्ने अवसर भएको आयोजक नाडाले जनाएको छ। अटो शोमा देखाइएको यो प्रविधिपूर्ण सवारी साधनले भविष्यको मोबिलिटी समाधानबारे जनचासो झनै बढाएको देखिन्छ। […]