एमालेलाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गराउनेगरी विधान बन्छ: पृथ्वीसुब्बा गुरुङ
काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय राजनीतिक शक्तिका रुपमा नेकपा एमाले स्थापित गराउने कुरामा महत्वपूर्ण योगदान पुर्याउने गरी विधान बन्ने बताएका छन् । आइतबार ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनका बारेमा बोल्दै सबैभन्दा उपयुक्त पार्टी संरचना निर्माण गरी राजनीतिक शक्तिकोरुपमा नेकपा एमाले स्थापित गर्नेगरी विधान बन्ने बताएका हुन् । […]