राष्ट्र बैंकले आज २० अर्ब निक्षेप संकलन गर्दै, तरलता व्यवस्थापनमा थप कदम
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार (आज) वित्तीय प्रणालीमा अत्यधिक तरलता नियन्त्रण गर्न २० अर्ब रुपैयाँ निक्षेप तान्दैछ। राष्ट्र बैंकका अनुसार, हाल कुल निक्षेप ७६ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। निक्षेप संकलनको लागि बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोलाउने […]