राजधानी छोड्ने यात्रुको भीड बढ्दो
नेपालीहरूको महान चाड विजयादशमी नजिकिँदै गर्दा राजधानी काठमाडौंबाट गाउँ फर्कन चाहने यात्रुहरूको चाप दिनानुदिन बढिरहेको छ। विशेषगरी नयाँ बसपार्क र अन्य बस स्टेशनमा यात्रुहरूको भीड देखिएको छ। काम र पढाइको सिलसिलामा राजधानी बसिरहेका व्यक्तिहरू अब घर फर्किन थालेका छन्। थानकोट, जडिबुटी, बल्खु र ककनीजस्ता प्रमुख नाकामा सवारीको चाप अत्यधिक रहेको छ। असोज १ गतेदेखि नै […]