आज ओमानलाई हराएर विश्वकपमा पुग्ने नेपालको तयारी
आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो तेस्रो खेलमा नेपाल आज बुधबार ओमानसँग भिड्दै छ। ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ। ओमानलाई हराए नेपाल अपराजित रहँदै एक खेलअगावै विश्वकपका लागि छनोट हुनेछ। सुपर सिक्समा नेपाल र ओमान मात्र अहिलेसम्म अपराजित टोली हुन्। त्यसैले आज राति हुने […]