काठमाडौं महोत्सव माघ १४ देखि भृकुटीमण्डपमा आयोजना हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा ‘काठमाडौँ महोत्सव २०८२– ‘काठमाडौँ बिजनेस एक्स्पो–२०२६’ माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रालिको सह–आयोजनामा हुन लागेको महोत्सव स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । […]