प्रधानमन्त्री ओली, माधवकुमार र शंकर पोखरेलको घरमा प्रदर्शनकारीले लगाए आगो
भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओली निवास पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वर ३२ स्थित घर र एमाले महासचिव शंकर पोखरेलको आवासमा अहिले आन्दोलनकारीले आगजनी गरिरहेका छन्। आगजनीको कारण अहिले ओली निवासबाट धुँवाको ठूलो मुस्लो निस्किएको छ। त्यस क्षेत्रमा अहिले ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन्।