रौतहटको धनसारमा पेट्रोल ट्याङ्कर दुर्घटनापछि आगलागी, चालक नियन्त्रणमा
रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी भएको छ । बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर बिहान अन्दाजी ५ः३० बजे दुर्घटनामा परेको हो । सडकमा अचानक निस्किएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई ट्यांकर सडकको दाहिनेतर्फ पल्टिएको […]