११ कम्पनीलाई रोक, निर्माण लापरवाहीको चर्को मूल्य
सरकारी निर्माण कार्यमा लापरवाही देखिएका ११ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार कालोसूचीमा राखेको छ। तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगरेका कारण विभिन्न निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई प्रतिबन्ध गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूमा कञ्चनपुरको राखी कन्स्ट्रक्सन, रोल्पाको जलजला मल्टी बिजनेस कन्स्ट्रक्सन, नेपालगञ्जको शिवम् कन्स्ट्रक्सन, काठमाडौंको जगदम्बा कन्स्ट्रक्सन, क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन, सप्तकोशी जलाधार निर्माण कम्पनी, […]