आज च्याउ सस्तो, बन्दा महंगो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज च्याउ, गोलभेँडा, भिन्डी, भन्टासहितका तरकारीको मूल्य घटेको छ। तर, बन्दासहितका केही तरकारी भने महँगिएका छन्। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाल गोलभेँडा ९६, ठूलो भारतीय गोलभेँडा ९६, […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            