राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग
काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए राजीनामा दिने कुरा नगरेको स्पष्ट पारेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले सञ्चार माध्यमहरूमा प्रकाशित भएको पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिने भन्ने आशयका भ्रामक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएका […]