जलविद्युत आयोजनामा फसेका २३ जनाको हेलिकप्टरबाट उद्धार
गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि जलविद्युत आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीचको समन्वयमा बाढीको जोखिममा फसेका कामदारहरूको उद्धार कार्य सफल भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धारका लागि सेनाको एनए–०३८ एमआई र इकुरेल नामक दुईवटा हेलिकप्टर […]