ढिलो मनसुनले धान उत्पादनमा ठुलो झड्का, मूल्य पनि झर्यो
यो वर्ष नेपालमा धान उत्पादन अघिल्ला वर्षको तुलनामा उल्लेख्य रूपमा घट्ने देखिएको छ । सरकारी अधिकारीहरूका अनुसार वर्षातको ढाँचा फेरिनु र ढिलो मनसुन सुरु हुनुका कारण कम्तिमा पाँच लाख मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएको छ । तराई क्षेत्रमा बर्खा ढिलो सुरु भएपछि करिब २७ हजार हेक्टर जमीन यसपालि बाँझै बसेको कृषि मन्त्रालयका आँकडाले […]