इच्छा हुँदाहुँदै महिलाहरु राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति छ : शाक्य
काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले पनि महिलाहरु इच्छा हुँदाहुँदै राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति रहेको बताएकी छन् । मंगलबार अखिल नेपाल महिला संघले आयोजना गरेको प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले विभिन्न कारणले महिलाहरु राजनीतिबाट विमुख हुनुपर्ने बताएकी हुन् । उनले […]