पीडा, चेतना र जागरणको साहित्यिक धार : शोभा ज्ञवालीको ‘मन्दाकिनी’ सार्वजनिक
काठमाडौंमा आयोजित एक विशेष समारोहबीच साहित्यकार तथा उद्यमी शोभा ज्ञवालीको तेस्रो कृति ‘मन्दाकिनी’ सार्वजनिक गरिएको छ। महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाकी अध्यक्षसमेत रहेकी ज्ञवालीको यो नयाँ कृतिले महिला संवेदना, समाजका अन्तरविरोध, पीडा र चेतनाको गहिराइलाई साहित्यिक स्वर दिएको छ। कार्यक्रममा साहित्य, राजनीति, सुरक्षा निकाय, उद्योग–व्यापार तथा सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो […]