भारी वर्षा र चट्याङको जोखिम : वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा एक दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालय (सिंहदरबार, काठमाडौँ) को मिति २०८३÷०६÷०७ को पत्रानुसार आएको निर्देशनलाई आधार मान्दै महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गरेको हो […]