घरजग्गा कारोबारमा बृद्धि, पुसमा राजस्व संकलन ५ अर्ब पार
सुस्त रहेको घरजग्गा बजारमा पछिल्लो दुई महिनादेखि उल्लेख्य सुधार देखिएको छ। मंसिरको लयलाई पछ्याउँदै पुस महिनामा पनि घरजग्गा कारोबार र राजस्व संकलनमा वृद्धि भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुसमा घरजग्गा कारोबारबाट ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो गत वर्षको पुस (४ अर्ब २५ करोड २२ लाख) […]