शिक्षक महासङ्घको कडा आन्दोलनको चेतावनी
नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासङ्घले शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अबको आन्दोलन विगतको भन्दा सशक्त र दबाबपूर्ण हुने चेतावनी दिएको छ। महासङ्घका अनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइनेछ। त्यसपछि भदौ ११ देखि २० सम्म केन्द्रमा सबै […]