किमाथाङ्का अरुणमा स्वदेशी लगानीको भरोसा
सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा पहिचान गरिएको ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमै निर्माण गर्ने गरी लगानी ढाँचा (मोडालिटी) तयार भएको छ। निर्माण अवधिको ब्याजसहित आयोजनाको अनुमानित लागत ९७ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। आयोजना सरकार तथा सरकारी निकाय संस्थापक रहेको विद्युत उत्पादन कम्पनी लिमिटेडले आफैं निर्माण गर्नेछ। तयार गरिएको वित्तीय […]