मन्त्री भण्डारीले प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक पदबाट राजिनामा दिए
नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएपछि राजेन्द्र सिंह भण्डारीले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सञ्चालक पदबाट राजिनामा दिएका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार भण्डारीले गत बिहीबारदेखि लागू हुने गरी आफ्नो राजिनामा बुझाएका हुन्। कम्पनीका सदस्यसचिव उमा जोशीले नेप्सेलाई पठाएको पत्रमा उल्लेख गरेअनुसार, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितिले पनि उही दिन […]