राष्ट्रिय तथ्याङ्क कार्यालयको सर्वेक्षण: बाल स्वास्थ्य सुधार र डिजिटल पहुँचमा प्रगति देखियो
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजाले बालबालिका, महिला स्वास्थ्य, शिक्षा र डिजिटल पहुँचमा सकारात्मक प्रगतिसँगै अझै सुधारको आवश्यकतालाई देखाएको छ। सर्वेक्षण अनुसार, नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको पाइएको छ भने ५ वर्षमुनिका बालबालिकामध्ये मृत्युदर ३१ रहेको छ। नवजात […]