आज अमेरिकन र अस्ट्रेलियन डलरको मूल्य महंगो
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको विनिमयदर बढेको छ। तर युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा छ। […]