सहुलियत पसल भोलिदेखि, खसीच्याङ्ग्रामा अन्योल
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी लि अर्थात् भदौ ३० गते (भोलिदेखि) देशभर सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ। कम्पनीले ४५ जिल्लाका १११ स्थानबाट पसल सञ्चालन गर्ने तयारी गरेको छ। जेनजी आन्दोलनका कारण उत्पन्न अस्थिर परिस्थितिका कारण सहुलियत पसल सञ्चालनको निर्णय केही समयका लागि अन्योलमा थियो। आन्दोलन नियन्त्रण गर्न सेनाले निषेधाज्ञा र कर्फ्यूसमेत लगाएको थियो। […]