दशैं यात्रुका लागि अग्रिम टिकट बुकिङ तयारी सुरु
निकटिँदो दशैंलाई ध्यानमा राख्दै यातायात सेवा सहज र सुरक्षित बनाउन सरकारले अग्रिम टिकट बुकिङको तयारी थालेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवसायी, ट्राफिक प्रहरी प्रतिनिधि लगायत सरोकारवालासँग बैठक बोलाएर बुकिङ खुलाउने विषयमा छलफल गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार यात्रुहरुलाई सहजता दिलाउन अनलाइन टिकट बुकिङसहित उपत्यकाका विभिन्न […]