टोयोटाको हाइब्रिड शक्ति : ६ महिनामै ५१ लाख बढी कार बिक्री
विश्वभर विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढ्दो क्रममा जापानी अटोमोबाइल कम्पनी टोयोटाले भने आफ्नो बहुप्रतीक्षित रणनीति र उत्पादन सन्तुलनको भरमा बिक्रीमा नयाँ उचाइ हासिल गरेको छ । कम्पनीले सन् २०२५ को पहिलो ६ महिनामा (जनवरीदेखि जुनसम्म) विश्वभर ५१ लाख ५९ हजार युनिट कार बिक्री गरेको छ । यो गत वर्षको तुलनामा ५.५ प्रतिशतले बढी हो । […]