सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ कम्पनीलाई कालोसूचीमा राख्यो
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा आधा दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा राखिएका यी कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाइएको छ। तीन वर्षका लागि कालोसूचीमा परेका कम्पनीमध्ये वीरगन्जस्थित जिबी मेटल क्राफ्ट इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालि रहेको छ। एक वर्षका लागि प्रतिबन्धित […]