मोहना–दैजी सडकमा नयाँ गति दिन ठेक्का समाप्त
हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडक खण्ड निर्माणका लागि गरिएको ठेक्का सम्झौता अन्त्य गरिएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौंस्थित बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम (जेभी) सँगको ठेक्का तोडिएको जानकारी दिएको हो। आर्थिक वर्ष २०७३/७४ मा सम्झौता भएको यो परियोजनाअन्तर्गत करिब २० किलोमिटरमध्ये ५ किलोमिटर मात्र कालोपत्रे कार्य बाँकी थियो। […]