सरकारको निर्णायक कदम: भूमि समस्या आयोग खारेज, इलाम विपद् संकटग्रस्त घोषणा
सरकारले भूमि समस्या समाधान आयोग र त्यसअन्तर्गत रहेका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ बमोजिम गठन गरिएको आयोगलाई औपचारिक रूपमा विघटन गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री र सरकारका प्रवक्ता जगदिश खरेलले पत्रकार सम्मेलनमार्फत उक्त निर्णयको जानकारी दिएका हुन्। […]