देशभरका राजमार्ग अवरुद्ध, पहिरो र बाढीले यातायात ठप्प
शनिबार र आइतबार परेको अविरल वर्षाले देशभरका प्रमुख राजमार्गहरूमा यातायात पूर्ण रूपमा ठप्प बनेको छ। विभिन्न स्थानमा पहिरो खस्दा र खोलाले पुल तथा डाइभर्सन बगाउँदा सडक सम्पर्क अवरूद्ध भएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार, कोशी प्रदेशमा कोशी राजमार्ग, सिद्धिचरण लोकपथ, मध्यपहाडी लोकमार्ग र मेची राजमार्ग पूर्णरूपमा अवरूद्ध छन्। संखुवासभाको […]