पोर्चुगलमा नेपालीलाई राहतको आशा: कागजात प्रकरणमा दूतावासको सक्रियता, निष्कासन रोक्न पहल
लिस्बन । युरोपेली सपना बुनेर पोर्चुगल पुगेका सयौँ नेपाली कामदारहरू नक्कली कागजातको चपेटामा परेपछि उत्पन्न संकट समाधानका लागि कूटनीतिक पहल सुरु भएको छ। फेब्रुअरी २०२६ को सुरुमा पोर्चुगलको अध्यागमन निकाय (AIMA) ले नेपालीहरूले बुझाएको प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance Certificate) मा दूतावासका नक्कली छाप र हस्ताक्षर फेला पारेपछि करिब १,२५० जनाको अस्थायी आवासीय परिचयपत्र (TRC) […]