उदयपुरमा अनुदानको मल लुकाउने व्यापारी पक्राउ
सरकारले किसानका लागि पठाएको अनुदानको मल लुकाएर राखेको अभियोगमा उदयपुरको कटारीबाट व्यापारी दिलीप चौधरी पक्राउ परेका छन्। अनुगमनका क्रममा २०० बोरा अनुदानको मल चौधरीको गोदाममा फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरी ६ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ। १२ भदौमा भएको बजार अनुगमनमा चौधरीको गोदाममा अनुदानको मल लुकाएर राखिएको पाइएको थियो। फेला परेको मल […]