एनपीएल खेलाडी लिलामी अगाडि १५० खेलाडीको अन्तिम सूची सार्वजनिक
क्रिकेट संघ नेपाल (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी लिलामीअघि १५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ। पहिले ४५८ खेलाडीले लिलामीका लागि नाम दर्ता गरेका थिए। तीमध्ये आठ टोलीको रुचि र क्यानको प्राविधिक समितिको सिफारिसका आधारमा १५० खेलाडीको छानोट गरिएको हो। क्यानले सार्वजनिक गरेको सूचीमा खेलाडीहरू तीन श्रेणीमा वर्गीकृत गरिएको […]