ओथारो इन्क्युबेशनको पाँचौँ कोहोर्ट सुरु, १२ स्टार्टअप तयार व्यवसाय विस्तारमा
काठमाडौं । किङ्स कलेज अन्तर्गत सञ्चालन हुँदै आएको ओथारो इन्क्युबेशन कार्यक्रमको पाँचौँ कोहोर्ट आजदेखि औपचारिक रूपमा सुरु भएको छ। यस कार्यक्रमअन्तर्गत चयन भएका १२ स्टार्टअपले आगामी छ महिनामा आफ्ना प्रारम्भिक प्रोटोटाइप वा पहिलो चरणका परियोजनालाई नयाँ स्तरमा विकास गर्ने अवसर पाउनेछन्। छ महिनाको इन्क्युबेशन अवधिभर नवउद्यमीहरूलाई निरन्तर सिकाइ कार्यशाला, कोचिङ सेसन, पुनरावृत्त व्यवसाय मोडल विकास, […]