रौतहटमा बोक्सीको आरोपमा एकल महिलामाथि बर्बरता, मल-मूत्र खुवाएर कुटपिट, एक जना पक्राउ
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै मल–मूत्र खुवाएर अमानवीय व्यवहार गरिएको जघन्य घटना सार्वजनिक भएको छ। कटहरिया नगरपालिका वडा नं. ९, डुमरिया टोल बस्ने ती महिलालाई स्थानीय केही व्यक्तिहरूले ‘बोक्सी लागेर आफ्नो नातेदारको बालक बिरामी पारेको’ आरोप लगाउँदै घरमै पसेर कुटपिट गरेका थिए। पीडितका अनुसार आक्रमणकारीहरूले गालीगलौज गर्दै […]