शुभारम्भको पर्खाइमा बलम्बुस्थित फ्लाइओभर (तस्बिरहरू)

कलङ्की–नागढुङ्गा सडक खण्डअन्तर्गत बलम्बुमा निर्माण भइरहेको नेपालकै पहिलो फ्लाइओभर शुभारम्भको पर्खाइमा छ । निर्माणको अन्तिम चरणमा पुगेको उक्त फ्लाइओभर नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न निर्माण गरिएको हो । १२८ मिटर लामो ब्रिजसहितको यो फ्लाइओभरको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ।