सर्वोच्च अदालतको आदेशपछि फर्किएर सम्हाले हितेन्द्रले कार्यभार
सर्वोच्च अदालतको आदेशपछि हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा फर्किएका छन् । आज बुधबार उनले विद्युत प्राधिकरणको दरबारमार्ग स्थित कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्। सर्वोच्च अदालतले सोमबार उनलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःबहालीको आदेश दिएको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले शाक्यका पक्षमा परमादेश जारी गरेको थियो। […]