पर्साको सहकारी ठगीमा रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता
पर्साको सानो पाइला सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको झन्डै एक महिनापछि सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दायर गरेको हो। पर्सामा पनि रवि लामिछानेसँगै नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरू दुवै जना रुपन्देहीको सुप्रिम सहकारी […]