मोबाइलबिनाको बैठकले दियो दक्षताको सन्देश
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गरिएको एउटा सामान्य व्यवस्थापन परिवर्तनले सरकारी कार्यसंस्कृतिमा उल्लेखनीय सुधार ल्याएको छ । मन्त्री दामोदर भण्डारीको सचिवालयबाट सुरु गरिएको मोबाइल निषेध अभ्यासले मन्त्रालयका बैठकहरू शान्त, अनुशासित र बढी प्रभावकारी बन्न थालेका छन् । सचिवालयले मन्त्री भण्डारीको कार्यकक्षमा हुने बैठकहरूमा सहभागी सबैलाई बैठकको सुरु हुनु अघि मोबाइल फोन बाहिरै राख्न अनिवार्य बनाएको […]